• Tuesday 6th of October 2026

नेपाल यूएईसँग १३ रनले पराजित


  • धनकुटा खबर
  • .

काठमाडौं । यू–१९ महिला विश्वकप एसिया छनोटमा नेपाल यूएईसँग १३ रनले पराजित भएको छ ।

यूएईको अज्मानस्थित द सेभेन्स स्टेडियममा शनिबार भएको खेलमा १२३ रनको लक्ष्यमा पछ्याएको नेपालले पूरै ओभर खेलेर ५ विकेटको क्षतिमा मात्र १०९ रन बनाउन सक्यो ।

नेपालका लागि पुजा महतोले ४८ र साना प्रविनले १९ रन बनाइन् । सोनी पाख्रीनले १९ र ज्योत्स्निका मरासिनीले ११ रन बनाइन् ।

यूएईका लागि मेहक ठाकुर, लाभान्या केनी र इन्धुजा नन्दकुमारले १–१ विकेट लिएका छन् ।

टस जितेर पहिले ब्याटिङ गरेको यूएईले पूरै ओभर खेलेर ७ विकेटको क्षतिमा १२२ रन बनाएको थियो । यूएईका लागि रिनिता राजितले ४८ र लावन्या केनीले २० रन बनाइन् ।

नेपालका लागि भने रिया शर्माले ३ तथा पुजा महतो, कृश्मा गुरुङ र सीमा केसीले १–१ विकेट लिइन् ।

अब नेपालले आइतबार थाइल्यान्डसँग खेल्नेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖