• Tuesday 6th of October 2026

इन्टरनेट तोड्न रोनाल्डोले आफ्नो शोमा ल्याउन लागेका पाहुना ‘मिस्टर बिस्ट’


  • धनकुटा खबर
  • .

एजेन्सी । केही दिनयता क्रिश्चियानो रोनाल्डोले आफ्नो युट्युब शोमा अथिति ल्याएर इन्टरनेट नै तोड्ने दाबी गरेको भिडिओ विश्वभर चर्चा भइरहेको थियो । पोर्चुगलका स्टार फुटबलर रोनाल्डोले त्यस्ता को अथिति ल्याउन लागे जसले इन्टरनेट नै तोड्न सक्छ भन्ने सर्वत्र चासोको विषय थियो ।

यसअघि ‘यूआर क्रिश्चियानो’ नामको रोानोल्डोको आधिकारिक युट्युब च्यानलमा अपलोड गरिएको भिडिओमा रोनाल्डोले नयाँ भिडिओको बारेमा चर्चा गरेका थिए । उनले अब शोमा आउने आफ्ना अथितिले इन्टरनेट नै तोड्ने दाबी गरेका थियो । ती अथिति को हुनेछन् भन्ने विषय चाहिं गोप्य थियो । अन्ततः ति अथितिको जानकारी बाहिरिएको छ । रोनाल्डोले शोमा ल्याउन लागेको अथिति अरू कोही नभएर सबैभन्दा बढी सब्स्क्राइबर भएका व्यक्ति मिस्टर बिस्ट हुन् ।

रोनाल्डोले मिस्टर बिस्ट र आफ्नो फोटो फिचर भएको थम्बनेलसहितको भिडिओ शेड्युअमा राखिसकेका छन् । सो भिडिओ आज बेलुका पौने आठ बजे लाइभ हुनेछ ।

गत महिना युट्युब च्यालन खोलेका रोनाल्डोले सब्स्क्राइबरको मामलामा कैयौं रेकर्ड तोडिसकेका छन् । सबैभन्दा छोटो समयमा सबैभन्दा बढी सब्स्क्राइबर पाउने रेकर्डमा रोनाल्डोको नाम शीर्ष स्थानमा छ । अब उनी सबैभन्दा कम समयमा १० करोड सब्स्काइबरको रेकर्ड बनाउने दौडमा छन् ।

सब्स्क्राइबर बढी बनाउने सवालमा उनले थुप्रै रेकर्ड राखेको भए पनि भ्युजमा भने केही रेकर्ड राखेका छैनन् । त्यसैलाई लक्षित गर्दै उनले अब त्यस्तो भिडिओ राख्ने बताएका थिए जसले इन्टरनेट नै तोड्न सकोस् । धेरैले सो भिडिओमा रोनाल्डो र अर्जेन्टिनाका स्टार फुटबलर रोनाल्डोको गफगाफ हुने अपेक्षा गरेका थिए । आफ्नो समयमा सबैभन्दा महान खेलाडीका रूपमा गनिने मेस्सी र रोनाल्डो एकसाथ देखिउन् भन्ने चाहना लाखौं समर्थकको छ । तर, त्यसको विपरीत रोनाल्डोले मिस्टर बिस्टलाई अथितिका रूपमा ल्याएका छन् ।

हुन त मिस्टर बिस्ट पनि रोनाल्डोका निकट प्रतिद्वन्द्वीका रूपमा देखिएका छन् । रोनाल्डोले युट्युब च्यानल सञ्चालनमा ल्याएको घोषणा गर्नासाथ उनको प्रतिस्पर्धा अब मिस्टर बिस्टसँग हुने विश्लेषण गरिएको थियो । यही चर्चाबीच उनले युट्युब क्षेत्रका प्रतिद्वन्द्वी मिस्टर बिस्टलाई ल्याएर इन्टरनेट नै तोड्ने दाबी गरेका हुन् । यस भिडिओले कति रेकर्ड तोड्छ भन्ने धेरैको चाँसोको विषय बनेको छ ।

सामाजिक सञ्जालमा सबैभन्दा बढी फलोअर भएका व्यक्तिमध्ये शीर्ष स्थानमा पर्छन् रोनाल्डो । फेसबुक, इन्स्टाग्राम, एक्स, युट्युब लगायतका विभिन्न सामाजिक सञ्जालमा एक अर्ब बढी फलोअर रहेका छन् । फेसबुक र इन्स्टाग्राममा उनी सबैभन्दा बढी फलोअर हुने व्यक्ति हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖