• Tuesday 6th of October 2026

नेपालको धारिलो बलिङसामू निरीह बन्यो अफगानिस्तान, १२३ रनमै अलआउट


  • धनकुटा खबर
  • .

काठमाडौं । यूएईमा जारी यू-१९ एसिया कपमा नेपालले अफगानिस्तानबाट १२४ रनको सामान्य लक्ष्य पाएको छ । टस जितेर पहिले बलिङ गरेको नेपालले अफगानिस्तानलाई १२३ रनमै अलआउट गरेको हो ।

अफगानिस्तानले ३५ ओभर ४ बलमा १२३ रनमा समेटिएको हो । अफगानिस्तानका फैखल खानले ५२ रन जोड्दा अन्य ब्याटरले रन बनाउन सकेका सकेनन् ।

बलिङमा नेपालका युनिस ठकुरी र सन्तोष यादवले ३–३, अभिषेश तिवारी र कप्तान हेमन्त धामीले २–२ र लिए । यसअघिका दुई खेल गुमाएको नेपाल सेमिफाइनल दौडबाट भने बाहिरिसकेको छ ।प्रतियोगीताबाट बाहिरिसकेका दुवै टिम आज सान्तवना जितको खोजिमा हुनेछन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖