• Saturday 17th of October 2026

एक जना पुरूष मृत अवस्थामा फेला


  • धनकुटा खबर
  • .

मकवानपुरमा एक जना पुरूष मृत अवस्थामा फेला परेका छन्।

शुक्रबार बिहान सवा ६ बजे राक्सिराङ गाउँपालिका-५ इन्चराङस्थित चैनपुरबाट काकडा जाने भित्री सडकमा एक जना पुरूषको शव फेला परेको हो।

मृतक राक्सिराङ गाउँपालिका-८ शिखरपुर घर भई बारा जितपुर सिमरा उपमहानगरपालिका-२२ अमलेखगंज बस्ने २० वर्षीय समिर सुनार छन्।
उनको टाउकोमा चोट र नाक-मुखबाट रगत बगेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।

अनुसन्धानको लागि प्रहरीले यस घटनामा संलग्न रहेको आशंकामा ती जनालाई नियन्त्रणमा लिएको छ।

शव पोष्टमर्टमको लागि हेटौंडा अस्पताल पठाइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖