काठमाडौँको पशुपतिनाथ मन्दिर नजिकैको झाडीमा युवती मृत भेटिएकी छन्।
शंखरापुर नगरपालिका–५ घर भई बानेश्वर शान्तिनगर बस्ने २० वर्षीया मनीषा मिजार शुक्रबार मृत फेला परेकी हुन्।
काठमाडौँ महानगरपालिका ८ तिलगंगाबाट पशुपति जाने बाटो नजिकै रहेको जंगलको झाडीमा मृत अवस्थामा फेला परेको काठमाडौँ प्रहरीले जानकारी दिएको छ।
घटनाका सम्बन्धमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
