• Saturday 17th of October 2026

कोलकाता डाक्टर बलात्कार-हत्या मुद्दामा पूर्व प्रधानाध्यापकलाई जमानत


  • धनकुटा खबर
  • .

कोलकाता । कोलकाता बलात्कार-हत्या मुद्दामा आरजी कर मेडिकल कलेजका पूर्व प्रिन्सिपल सन्दीप घोषले शुक्रबार जमानत पाएका छन्। प्रमाण छेडछाड प्रकरणमा सीबीआईले ९० दिनको म्याद बितिसक्दा पनि आरोपपत्र दायर गर्न नसकेपछि सियालदह अदालतले घोषलाई जमानत दिएको हो ।

सोही आधारमा पूर्व ताला प्रहरी चौकी इन्चार्ज अभिजित मण्डलको जमानत पनि अदालतले स्वीकृत गरेको छ । मण्डलमाथि मुद्दाको एफआईआर दर्ता गर्न ढिलाइ गरेको आरोप छ।

तर घोष अझै जेलबाट बाहिर भने आउन पाउने छैनन्। मेडिकल कलेजमा भएको आर्थिक ठगी मुद्दामा उनले जमानत पाएका छैनन् ।

अगस्ट ९ गते बिहान आरजी कर अस्पतालको आकस्मिक भवनको सेमिनार हलमा ३१ वर्षीय प्रशिक्षार्थी चिकित्सकको शव फेला परेको थियो । उनी नाइट ड्युटीमा थिइन् । उनकोको गोप्य अंग, आँखा र मुखबाट रगत बगिरहेको थियो । उनको घाँटीको हड्डी पनि भाँचिएको भेटिएको थियो ।

डाक्टरको शव नजिकै हेडफोन भेटिएको थियो । यस मामिलामा, कोलकाता पुलिसमा कार्यरत सिविक स्वयंसेवक सञ्जय रोयलाई अगस्ट १० मा प्रहरीले पक्राउ गरेको थियो। सीसीटीभी क्यामेरामा सञ्जय आपतकालीन भवनमा प्रवेश गरेको देखिएको थियो । त्यतिबेला उनको घाँटीमा हेडफोन थियो। तर, भवनबाट बाहिरिने क्रममा उनको घाँटीमा हेडफोन थिएन ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖