• Saturday 17th of October 2026

बागमती किनारमा महिलाद्वारा आत्मदाहको प्रयास


  • धनकुटा खबर
  • .

काठमाडौँ । काठमाडौँको बागमती नदी किनारमा एक महिलाले आत्मदाहको प्रयास गरेकी छन् ।

शनिबार मध्यान्ह करिब १२ बजेर ३ मिनेट जाँदा ती महिलाले कागेश्वरी मनोहरा नगरपालिका–८ किरातचोक नजिकै रहेको खाली जमिनमा आत्मदाहको प्रयास गरेकी हुन् ।

प्रहरीका अनुसार महिलाको पहिचान चितवन रत्ननगर नगरपालिका–१२ घर भएकी ३८ वर्षीया कमला आचार्य रहेको खुलेको छ । उनी हाल बौद्धको नारायाणटारमा डेरा गरेर बस्दै आएकी थिइन् ।

प्रहरीका अनुसार उनी बा ३५ प ५८१८ नम्बरको स्कुटरमा आएर आफैले आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाएकी थिइन् । उनी घटनामा गम्भीर घाइते भएकी छन् ।

उनलाई तत्कालै उपचारका लागि शंखरापुरस्थित सुष्मा कोइराला मेमोरियल अस्पताल लगिएको थियो । उनको शरीरका विभिन्न भाग जलेको छ । उनी घाइते भई बोल्न नसक्ने अवस्थामा छिन् । यसबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖