• Tuesday 6th of October 2026

यू-१९ एसिया कप : पाकिस्तानले दियो नेपाललाई १०५ रनको लक्ष्य


  • धनकुटा खबर
  • .

काठमाडौं । यू–१९ महिला एसिया कप टी–२० क्रिकेटमा पाकिस्तानले नेपाललाई १०५ रनको लक्ष्य दिएको छ ।

मलेसियामा जारी खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको पाकिस्तानले पूरै ओभर खेलेर ५ विकेटको क्षतिमा १ सय ४ रन बनाएको हो ।

पाकिस्तानका लागि कोमल खानले ३८ रन र महम अनिसले २९ रन बनाइन् ।

नेपालका लागि कप्तान पूजा महतोले २ तथा सीमाना केसी, रचना चौधरी, र रिया शर्माले १–१ विकेट लिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖