• Saturday 17th of October 2026

चन्द्रागिरीमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु


  • धनकुटा खबर
  • .

काठमाडौँ । काठमाडौँको चन्द्रागिरी नगरपालिका–२ मसिनेस्थित सडकमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

बा.३३ प ३६८ नम्बरको मोटरसाइकल सडकबाट करिब ७० मिटर तल खसेर आइतबार साँझ दुर्घटना हुँदा धादिङ धुनिबेसी नगरपालिका–७ बस्ने २६ वर्षीय टिकाराम तामाङको मृत्यु भएको हो ।

उनी मोटरसाइकल चालक हुन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖