काठमाडौं – प्रहरीले साइबर अपराध कसुरमा एक महिलालाई पक्राउ गरेको छ ।
प्रहरीले शोभा पाठक भनिने जानुका पाठकलाई सोमबार राजधानीबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी तथा प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।
उनीविरुद्ध मंसिर २८ मै जाहेरी परेको थियो । पटक–पटक पक्राउ गर्दै आएकी पाठकबारे थप अनुसन्धान भइरहेको अधिकारीले बताए ।
यसअघि जेठमा पनि पक्राउ परेकी थिइन् ।
