• Saturday 17th of October 2026

स्रोत नखुलेको ६८ लाख नगदसहित काठमाडौंबाट ४ जना पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं । काठमाडौंबाट स्रोत नखुलेको ६८ लाख रुपैयाँसहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-३२ बस्ने ४६ वर्षीय राजकुमार माली, काठमाडौं महानगरपालिका १० नयाँ बानेश्वर बस्ने १८ वर्षीय आवाद सिंह, झापाको विर्तामोड नगरपालिका-५ का २७ वर्षीय युवराज सुवेदी र झापाको अर्जुनधारा नगरपालिका-७ घर भई काठमाडौं बस्ने ३२ वर्षीय प्रवेशकुमार पौडेल रहेका छन् । हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त गौशालाको टोलीले २ पुसमा काठमाडौंको एयरपोर्ट शम्भुमार्गबाट उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

उनीहरूको साथबाट नगदसहित ५ थान चेक, ५ थान मोबाइल र प्रदेश ३-०१-०२२ च १९७२ नम्बरको कार बरामद भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖