• Saturday 17th of October 2026

सुनको मूल्य तोलामा १७०० रुपैयाँ घट्यो


  • धनकुटा खबर
  • .

काठमाडौँ। बिहीबार नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा १ लाख ४९ हजार रुपैयाँ कायम भएको हो ।

यसअघि बुधबार सुनको मूल्य तोलामा १ लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा १ हजार ८३५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य १ हजार ७८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖