• Saturday 17th of October 2026

बोराभित्र सडेको अवस्थामा पुरुषको शव फेला


  • धनकुटा खबर
  • .

धनुषा । धनुषामा एक पुरुषको शव बोरामा बाँधेर फालिएको अवस्थामा भेटिएको छ ।

धनुषा प्रहरीका अनुसार मिथिला बिहारी नगरपालिका-२ पुरन्डाहास्थित परशुराम तलाउ नजिक पुलमुनि बोरामा बाँधेर फालिएको अवस्थामा बिहीबार शव भेटिएको हो ।

बोराभित्र अन्दाजी ३०/३५ वर्षीय पहिचान खुल्न नसकेको युवकको शव सडेगलेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

बिहीबार दिउँसो ३ बजेतिर बोराभित्र शव रहेको प्रहरीलाई जानकारी गराएका थिए । घटनास्थलमा अनुसन्धानका लागि तालिम प्राप्त कुकुरसहितको टोली परिचालन गरिएको बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖