• Saturday 17th of October 2026

के भनेर बिकिरहेको छ एउटै हाँगा ६ हजारमा ?


  • धनकुटा खबर
  • .

मस्को । कुनै समय थियो हामी आफूलाई चाहिने चिज खोज्न आफैँ निस्कन्थ्यौँ । आफन्त, छरछिमेकसम्म पुग्थ्यौँ । पाइएन भने पसल वा बजार पनि पुग्थ्यौँ ।

तर अहिले अवस्था फरक छ । हामीसँग विकल्पहरू पनि यति धेरै छन् कि घरमै बसीबसी सबै कुरा हातमै आइपुग्छ । कहिलेकाहीँ त हामी अनलाइनमा आफूलाई खासै नचाहिने चिज पनि किन्छौँ ।

अहिलेको दुनियाँ मार्केटिङको हो, त्यसैले जे देख्छ त्यही बिक्छ । कतिपय मान्छेहरू त यति चलाख छन् कि बेच्न लायक नै नभएको कुरा पनि बेचिदिन्छन् । रुसमा एक व्यक्तिले सडक छेउमा सुकेका हाँगा उठाएर अनलाइनमा बेचेका छन् । यस्तो पनि हुन्छ भनेर भन्नु होला तर यो साँचो हो ।

ओडिटी सेन्ट्रलको रिपोर्टका अनुसार रुसका एक व्यक्तिले अचम्मको व्यापार सुरु गरेका छन् । उनले सुकेको हाँगा अनलाइनबाट बेच्न थालेका छन् । यसलाई उनले ठुलो र महत्त्वपूर्ण चीजको रूपमा ब्रान्डिङ गरिरहेका छन् ।

रुसी सञ्चारमाध्यमका अनुसार उक्त व्यक्तिले हाँगालाई ‘ स्नोम्यान आम्र्स’ अर्थात् हिममावनको हात भन्दै बेचिरहेका छन् । एक जोडीलाई ५०० रुबलदेखि ५ हजार ३०० रुबलसम्म (६४० देखि ६ हजार ७०० नेपाली रुपैयाँसम्म) बेचिरहेका छन् ।

आफूले बेच्न लागेको स्नेम्यान आम्र्सलाई ती व्यापारीले हिउँदमा हिउँको पत्र जस्तै भएको, यो लामो समयसम्म टिक्ने, बलियो, भरपर्दो र अद्वितीय भनेका छन् ।

यी वस्तुको विज्ञापनमा ती व्यक्तिले एक ठाउँमा यस्तो लेखेका छन्, ‘हामीसँग तपाईंले बनाउनु भएको हिममानवका लागि नयाँ चम्किला, सृजनात्मक हातहरू छन् ।’ अर्कोमा भने उनले,‘नयाँ वर्ष २०२५ मा आफ्नो ठाउँकै सबैभन्दा राम्रो हिममानव बनाउनुहोस् । तपाईंले बनाउनु भएको हिममानव स्टार बन्नेछ अनि तपाईँको छिमेकीले पक्कै पनि तपाईँको डाह गर्ने छन् । आफ्नो हिउँ मान्छेलाई भद्दा बन्न नदिनुस्,’ भनेर लेखेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖