• Saturday 17th of October 2026

क्यानडाको सडक दुर्घटनामा परेकी नेपाली युवती ४ दिनदेखि भेन्टिलेटरमा


  • धनकुटा खबर
  • .

क्यानडाको सडक दुर्घटनामा परेकी नेपाली युवतीको ४ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।

४ दिनअघि क्यानडाको ओन्टारियोस्थित लन्डन सहरमा भएको दुर्घटनामा उनी सख्त घाइते भएकी थिइन्।

उनको अवस्था चिन्ताजनक रहेको एनआरएनए क्यानडाका अध्यक्ष माधव दुलाले बताए।

काठमाडौं घर भएकी श्रेष्ठ थरकी ती युवती ९ महिना अगाडि मात्रै क्यानडा गएकी थिइन्।

‘उनलाई पिकअप ट्रकले ठकर दिएको हो। उपचारमा कुनै समस्या छैन। तर अवस्था चिन्ताजनक छ,’ उनले भने,’नेपालबाट उनका बुवाआमा आउने प्रक्रिया भइरहेको छ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖