• Tuesday 3rd of November 2026

पोखराबाट छुटेका रवि लामिछाने काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुँदै


  • धनकुटा खबर
  • .

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा धरौटीमा बिहीबार रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने आज काठमाडौं आई जिल्ला अदालतमा उपस्थित हुँदैछन् ।

काठमाडौँस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पनि मुद्दा परेकाले लामिछाने आज काठमाडौँ जिल्ला अदालतमा हाजिर हुने भएका हुन्।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कात्तिक २ देखि कास्की प्रहरीको हिरासतमा रहेका रवि त्यहाँको जिल्ला अदालतको आदेशमा ६५ लाख धरौटी बुझाएर बिहीबार बेलुका मात्र रिहा भएका थिए।

उनीसँगै उक्त मुद्दाका ६ जना प्रतिवादी धरौटी रकम बुझाएर रिहा भएका छन् । लामिछाने, छविलाल जोशी, लीला पछाईं, रामबहादुर खनाल, कृष्णबहादुर गुरूङ र आरती गुरूङले धरौटी रकम बुझाएर रिहा भएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖