• Tuesday 3rd of November 2026

ओलीलाई माधव नेपालको सुझाव : तपाईं फासिस्ट बनेर अब पार लगाउन सक्नुहुन्न


  • धनकुटा खबर
  • .

काठमाडौं, २७ पुष । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फासिस्ट नबन्न सुझाव दिएका छन् ।

उनले हिट्लर पहिले समाजवादीको नारा लिएर अघि बढेको तर पछि फासिस्ट भएको भन्दै अलि अलि केपी ओलीपनि त्यस्तै हुन खोजेको हो कि भन्ने आफ्नो संकेत भएको टिप्पणी गरे ।

उनले भने,‘कतै हाम्रो देशमा पनि त्यस्तै जन्मिने त होईन भन्ने डरपनि छ, सुन्लान केपी ओलीले, मलाई नै भन्दै हुनुहुन्छ कि के हो माधव नेपालले भनेर ? संकेत त गरेको हो । किन ढाँट्नु ? तर सुझाव दिन खोजेको हो । तपाईं फासिस्ट बनेर अब पार लगाउन सक्नुहुन्न ? लोकतान्त्रिक बन्नुहोस । विधि अवलम्बन गर्नुहोस । अरुको मान सम्मान गर्न जान्नुहोस । र, सहकार्य गर्नुहोस ।

आफ्नै हिसाबले चल्न चाहनुहुन्छ भने भीरबाट लड्ने गोरुलाई राम राम भन्न सकिन्छ, काँध थाप्न सकिँदैन् ।”

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖