• Monday 2nd of November 2026

प्रहरीको जिम्मामा रवि


  • धनकुटा खबर
  • .

काठमाडौं, २९ पुस । काठमाडौं जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आजपनि प्रहरीकै जिम्मा लगाएको छ ।

कालिमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको प्रतिवादी रहेका लामिछानेको मुद्दामा थुनछेक बहस नसकिएपछि उनलाई प्रहरीको जिम्मा लगाइएको हो ।

कास्कीको पोखरामा रहेको सूर्यदर्शन सहकारी ठगी प्रकारणमा लामिछाने गत बिहीबार ६५ लाख धरौटी तिरेर थुनामुक्त भएका थिए । हिजो काठमाडौं जिल्ला अदालतमा हाजिर भएका लामिछानेलाई न्यायिक हिरासतमा पठाइएको थियो ।

थुनछेक बहस नसकिएपछि उनलाई आजपनि प्रहरीको जिम्मा लगाइएको हो । भोलि सार्वजनिक विदा रहेको कारण लामिछानेको मुद्दामा अब बुधबारमात्रै थुनछेक बहस हुनेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖