अभियन्ता आशिका तामाङ पक्राउपछि उनका चस्मा सामाजिक सञ्जालमा भाइरल बनेको छ।
पक्राउ अघि तामाङले फेसबुकमा पोस्ट गरेका भिडिओहरू चस्माबाट खिचिएको आशंका गरिएको छ। डिसेम्बर २३ मा सार्वजनिक गरेको चस्माको फोटोमा दुई क्यामेरा स्पष्ट देखिन्छ।
उनी जर्मनीबाट फर्केपछि यस्तै चस्माबाट खिचिएका भिडिओहरू पोस्ट गर्न थालेकी थिइन्।
१७ डिसेम्बरमा सार्वजनिक पार्किङसम्बन्धी पहिलो भिडिओ पोस्ट गरेपछि अधिकांश भिडिओ चस्माबाट खिचिएका देखिन्छ।
