• Monday 2nd of November 2026

रास्वपाप्रति कटाक्ष गर्दै गोकुल बास्कोटाले भने : बाघ र निलो रंगे स्यालको फरक कहिले छुट्टेला


  • धनकुटा खबर
  • .

नेकपा एमालेका नेता गोकुल बास्कोटाले रास्वपाप्रति कटाक्ष गर्दै बाघ र निलो रंगे स्यालको फरक कहिले छुट्टेला भन्दै प्रश्न गरेका छन्।

उनले रास्वपाका नेता तथा कार्यकर्ताहरूप्रति कटाक्ष गर्दै आज बिहान सामाजिक सन्जालमा यस्तो प्रश्न गरेका हुन्। उनले लेखेका छन्, ‘न्याय मरेको छैन भन्थे अदालत परिसरमै मुक्का बजारेपछि जिउँदो मात्र होइन माइक टाईसनभन्दा तीनगुणा बललशाली रहेको प्रमाणित भयो।

उनले अगाडि लेखेका छन्, ‘अझै तीन परिसर चाहार्न बाँकी छ जस्तो छ? कति कालाकोट धुजाधुजा हुने हुन्? टेलर्स, मिडीया, मेडिकल, म:म, मकै सबै चल्ने भए। बाघ र निलो रंगे स्यालको फरक कहिले छुट्टेला?’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖