• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

१२ दिनदेखि हराईरहेकी युवतीले अचानक बिहे गरेको फोटो हालेपछि…


  • धनकुटा खबर
  • .

जनकपुरधाम । विगत १२ दिनदेखि हराईरहेकी जनकपुरकी एक युवतिको फोटो समाजिक सँजालमा खोजि गरिदिनको लागि सबैले फेसबुकमा पोष्टयाइन् । समाजिक सँजालमा फेसबुकमा उनलाई खोजिदिनको लागि सबैले पोष्ट साँझा गरिन्, तर अचानक माघ १ गते मँगलबार बिहे गरेको फोटो फेसबुकमा हालेपछि पोष्टयाउनेहरु आश्चर्यचकित भए ।

गत पुस १९ गतेदेखि नै हराईरहेकी जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ बेलाकुट्टि बस्ने मधु कुमारी साह अचानक बेपत्ता भएकी थिईन् । जनकपुरको पब्लिक युथ क्याम्पसमा बिबिएस प्रथम बर्षको परीक्षा दिन निस्केकी मधु पुनः फिर्ता घर नआएपछि उनको खोजबिन सुरु भयो ।

जनकपुरसहित अन्य ठाउँबाट समाजिक सँजालमा मधुको एक तस्विर राखेर सबैले हेल्प गरिदिने भनेर पोष्ट गरे । उनी हराएको दिनदेखि १२ दिनपछि आफ्नो फेसबुकमा एक युवकसँग बिहे गरेर फोटो हालेपछि उनको सहयोग पोष्टयाउनेहरु सो तस्विर पनि हाल्न सुरु गरेको देखिएको छ ।

अहिले समाजिक सँजाल फेसबुकमा उनको हेल्प पोष्टभन्दा पनि उनले एक युवकसँग बिहे गरिसकेको तस्विर हालेर ट्रोल पनि गरिएको पाईएको छ । यद्यपी, उनको नीजि नितान्त जीवन भएपनि उनले नै तस्विर सार्वजनिक गरेपछि ट्रोल हुन पुगेकी हुन् । अहिले समाजिक सँजालमा उनको चर्चा देखिएको छ ।

हामी उनको वैवाहिक जीवनको शुभकामना व्यक्त गर्दछौँ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖