• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

दिदीको अश्लील भिडियो बहिनीलाई पठाएपछि


  • धनकुटा खबर
  • .

काठमाडौं । सहमति बिना अश्लील भिडियो खिचेर आफ्नै बहिनीलाई पठाएको आरोपमा एक जना ३१ वर्षीय पुरुष पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा पीडित महिलाले दिएको उजुरीको आधारमा ती पुरुषलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा भोजपुरको षडानन्द नगरपालिका–५ स्थायी ठेगाना भई काठमाडौं महानगरपालिका–६ बौद्ध बस्ने सरोज कटुवाल रहेका छन् ।

उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा गत पुस २९ गते पक्राउ गरी काठमाडौं जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरिएको छ ।

पीडित महिलाको उजुरीको आधारमा उनीविरुद्ध थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖