• Monday 2nd of November 2026

राजनीतिक कुरा कसैसँग भएको छैन, गर्ने फुर्सद नि छैन :बालेन सचिवालय


  • धनकुटा खबर
  • .

काठमाडौँ । अहिले सबै दल आ–आफ्नो ‘मिशन ८४’ को तयारीमा जुटेका छन्। सानादेखि ठूला सबै दल जनमत बटुल्ने ध्येयमा देखिन्छन्।

यसबीच काठमाडौं महानगरपालिका प्रमुख बालेन साहको समर्थन पनि धेरैले खोजिरहेका छन्।

विशेष गरी सरकारसँग असन्तुष्ट दल र तिनका नेता कुनै पनि कुरामा प्रमुख साहले साथ दिए हुन्थ्यो भन्ने कामना गरिरहेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देखि भीम रावलले भर्खर सार्वजनिक गरेको मातृभूमि जागरण अभियान नेपालले पनि बालेनको साथ खोजेको चर्चा भइरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖