काठमाडौँ । वरिष्ठ अधिवक्ता दिनेश कुमार त्रिपाठीमाथि कुटपिट गर्ने थप १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हुम्ला अदानचुली गाउँपालिका–४ घर भई हाल काठमाडौँ सुर्यदर्शन हाइट बस्ने ३२ वर्षीय महानन्द जैसी भन्ने महेन्द्र पाण्डे रहेका छन् ।
यसअघि दोलखा घर भएका ललित कुमार केसीलाई प्रहरीले पक्राउ गरेको थियो । आफूमाथि आक्रमण गर्नेलाई कारबाही गर्न त्रिपाठीले प्रहरी वृत्त सिंहदरबारमा जाहेरी दिएका छन् ।
यही माग २ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध अदालतमा बहस गरेकै कारण उनका समर्थकले वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण गरेका थिए ।
पाण्डेमाथि प्रहरी वृत्त सिंहदरबारबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यस्तै अन्यको खोजतलास भइरहेको प्रहरीको भनाइ छ ।
