काठमाडौं, ७ माघ । धरान उपमहानगरपालिका प्रमुख हर्कराज राई रित्तो गाग्री बोकेर काठमाडौं आइपुगेका छन् ।
संघीय सरकारले खानेपानी समस्या समाधान नगरेको भन्दै संकेतिक विरोधका लागि उनी काठमाडौं आएका हुन् ।
मेयर साङ्पाङले भोलि रित्तो गाग्रीसहित प्रधानमन्त्री केपी शर्मा ओली र खानेपानी मन्त्री प्रदीप यादवलाई भेट्ने बताइएको छ । उनले यसअधि धरानको भानु चोकमा रितो गाग्रीसहित प्रदर्शन गरेका थिए ।
धरानमा विगत लामो समयदेखि खानेपानीको समस्या छ ।
