• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

हामीले युक्रेनलाई अर्बौं डलर दियौँ, बदलामा केही पाएनौँ :ट्रम्प


  • धनकुटा खबर
  • .

वासिङ्टन डीसी । पछिल्लो समय अमेरिका र युक्रेनबीच तनाव थप बढेको छ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुस र अमेरिकाबीचको वार्तामा आफूलाई समावेश नगरेकोमा अमेरिकाको आलोचना गरेका थिए। त्यसपछि अमेरिकी डोनाल्ड ट्रम्पले पनि जेलेन्स्कीलाई निशाना बनाएका छन्।

सामाजिक सञ्जाल वेबसाइट ट्रुथमा उनले लामो पोस्ट लेखेका छन् । जसमा उनले जेलेन्स्कीको कडा आलोचना गरेका छन् । उनले भने, ‘एक सामान्य हास्य कलाकार भोलोडिमिर जेलेन्स्कीले संयुक्त राज्य आफूले जित्न नसक्ने युद्धमा हाम फाल्न अमेरिकालाई ३५० अर्ब डलर दिन आग्रह गरे। एउटा युद्ध जुन कहिल्यै सुरु हुनुहुँदैनथ्यो। एउटा युद्ध जुन अमेरिका र ट्रम्प बिना अन्त्य हुन सक्दैन। अमेरिकाले यस युद्धमा युरोप भन्दा २०० अर्ब डलर बढी खर्च गरेको छ। युरोपले खर्च गरेको पैसा फिर्ता पाउनेछ, तर अमेरिकाले केही पाउने छैन।’

तत्कालीन राष्ट्रपति जो बाइडेनले यस विषयमा समानताको माग किन गरेनन् भनेर उनले प्रश्न पनि गरेका छन् । उनले भने, ‘जबकि यो लडाई हामी भन्दा युरोपको लागि महत्त्वपूर्ण छ। यसको बारेमा रोचक कुरा के हो भने जेलेन्स्कीले स्वीकार गरेका छन् कि हामीले उनलाई दिएको आधा पैसा हराएको छ। उनले देशमा चुनाव गराउन अस्वीकार गरे।’

ट्रम्पले युक्रेनलाई माया गर्ने तर जेलेन्स्कीले धेरै नराम्रा काम गरेको बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖