• Wednesday 28th of October 2026

यी व्यक्तिले हालेका रहेछन सांसद मेटमणि चौधरीविरुद्ध जाहेरी


  • धनकुटा खबर
  • .

दाङका एक जना संघिय संासद विरुद्ध बैकीङ् कसुरमा मुद्धा परेको छ । चौधरी नेकपा एस पार्टीका उपमहासचिव एवं प्रमुख सचेतकसमेत हुन् ।

दाङ क्षेत्र नम्बर १ बाट निर्बाचित संासद मेटमणि चौधरी विरुद्ध चेक अनादरमा मुद्धा परेको हो । जिल्ला प्रहरी कार्यालय दाङका एसपि अर्जुन तिमिल्सिनाले हुलाक मार्फतबाट संासद चौधरी विरुद्ध चेन अनादरमा जाहेरी आएको बताए । जाहेरि माथी अनुसन्धान भइरहेको र मुद्धा दर्ताको प्रकृयामा रहेको बताए । संासद चौधरी विरुद्ध ५ करोड ४० लाखको चेक अनादर मुद्धा परेको हो ।लुम्बिनी प्रदेश प्रहरी कार्यालयका अनुसार चौधरीविरूद्ध एभेरेस्ट बैंकको चेक अनादरको जाहेरी परेको हो।

उनीविरूद्ध रोल्पाका ठेकेदार धात बुढामगरले जाहेरी दिएका प्रहरीले जनाएको छ।

हुलाकमार्फत परेको जाहेरीलाई सनाखत गर्न प्रहरीले जाहेरवालालाई कार्यालयमा बोलाएको छ। ‘जाहेरवालालाई सनाखत गर्नका लागि बोलाउने प्रक्रिया हुन्छ। सनाखत भएपछि अनुसन्धानको नियमित प्रक्रियामा अघि बढ्छ,’ प्रहरीले भन्यो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖