पशुपति क्षेत्र विकास कोषद्वारा खरिद गरिएको विद्युतीय शवदाह गृहमा अनियमितता प्रकरणमा पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले अख्तियारमा बयान दिएका छन्।
१२ करोड बढीमा ठेकेदार मनोज पुरीसँग सेटिङमा खरिद गरिएको भनिएको फर्नेस र जेनरेटरमा घोटालाको आशंका छ। अख्तियारले पूर्वमन्त्री किराँतीसहित करिब डेढ दर्जन अधिकारीको छानबिन गरिरहेको छ।
