• Wednesday 28th of October 2026

रवि पत्नी निकिताले भावुक हुँदै भनिन्– आर्थिक र मानसिक रूपमा ममाथि बज्रपात भयो


  • धनकुटा खबर
  • .

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेलले आर्थिक र मानसिक रूपमा आफूमाथि बज्रपात भएको बताएकी छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै पौडेलले आफ्नो श्रीमानले करोड धरौटी दिइसकेपछि पनि मान्छेको हाड, छाला, पसिना रगत लिने भन्दै सरकारलाई प्रश्न समेत गरेकी छन् ।

उनले भनेकी छन्– ‘जीवनमा धेरै दुःख कष्ट र सङ्घर्ष पार गरेर हामी दुईलाई दैवले जुराइदिएका हुन् तर आज म एक्लो भएँ ।आठ–आठ वटा अदालतको मुद्दा– कसरी झेलौँ , कसरी थेगौँ । आर्थिक अनि मानसिक रूपमा पनि ममाथि बज्रपात भएको छ।’

उनले भावुक हुँदै सामाजिक सञ्जालमा भनेकी छन्– ‘म राजनीति जान्दिन, जान्नु पनि छैन तर कसैले मेरो निर्दोष श्रीमानलाई छिटो घर फर्कने बाटो देखाइदेऊ । उसले कुनै अपराध गरेको छैन । कसैले किन्न नसक्ने स्वाभिमान भएको मेरो रवि लामिछानेले कसैको एक पैसा खाएको छैन। जीवनमा धेरै दुःख कष्ट र सङ्घर्ष पार गरेर हामी दुईलाई दैवले जुराइदिएका हुन् तर आज म एक्लो भएँ ।’

पौडेलले यो देशको भाग्य र भविष्य बदल्छु भनेर आएका रवि लामिछानेहरू यसरी षड्यन्त्रको सिकार हुने हो भने म जस्ता निकिताहरुले भविष्यका रविहरूलाई घरबाट टीका लगाएर राजनीति गर्न किन पठाउँछन् भन्दै प्रश्न गरेकी छन् ।

उनले असार ७ गते सिङ्गो देशलाई साक्षी राखेर श्रीमानले आफ्नो नेतृत्वमा एउटा सपना जन्माएको दिन भएको तर तेस्रो वर्षमा आइपुग्दा यसका जन्मदातालाई राज्यले कालकोठरीमा थुनेको आरोप पनि लगाएकी छन्। पौडेलले पार्टी स्थापनाको तेस्रो वर्षमा आइपुग्दा आफू दुःख–पीडाको पहाडले थिचिएको दु:खेसो समेत पोखेकी छन् ।

सभापति लामिछाने अहिले सहकारी ठगीको आरोपमा भैरहवा कारागारमा रहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖