• Wednesday 28th of October 2026

भिजिट भिसा प्रकरणमा मन्त्रिपरिषदबाट छानबिन समिति गठन गरिने


  • धनकुटा खबर
  • .

काठमाडौं, ९ असार । मन्त्रिपरिषद् बैठकले भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउने भएको छ ।

संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलहरु नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रबीचको उच्चस्तरीय समझदारीअनुसार भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन हुने भएको छ ।

सुरुमा प्रधानमन्त्री केपी शर्मा ओलीले छानबिन समिति बनाउन आनाकानी गरेका थिए । तर, कांग्रेस र माओवादीबीच भएको सघन वार्तापछि एमाले पनि यसमा सहमत भएको बताईन्छ । माओवादीबाट भने यस प्रकरणमा गठन गरिने छानबिन समितिमा उपमहासचिव वर्षमान पुनको नाम सिफारिश गरिएको बुझिएको छ ।

पुनका साथै अर्का उपमहासचिव शक्तिबहादुर बस्नेत पनि समितिमा रहनेछन । माओवादीबाट भिजिट भिसा प्रकरणमा गरिएको सदन अवरोध खुलाउनको लागि सबभन्दा बढि सत्तापक्षसँगको वार्तामा पुन र बस्नेत नै बढि सहभागी थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖