काठमाडौँ । नेकपा एमालेकी केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाले स्थायी कमिटी सदस्य डा.बिन्दा पाण्डेको प्रशंसा गरेकी छन् । तिम्सिनाले बिहीबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै पाण्डेको प्रशंसा गरेकी हुन् ।
तिम्सिनाले लेखेकी छन्,’बिन्दा दिदी जस्तै मानिसहरूका बिच उभिएर कुरा गर्न सक्ने (भाषण गर्न) हुन म राजनीतिमा लागेको थिएँ । आदरणीय बिन्दा दिदी तपाईँकै एजेण्डामा मिलेरसंगै स्पष्टीकरण खाने मेरो नेता हुन भएकोमा मज्जा लागेको छ । सबैमा अभिवादन र लालसलाम ।’
तिम्सिनाले राजनीतिले सिङ्गो मुलुकको व्यवस्था सम्पूर्ण रूपमा रूपान्तरण गर्नुपर्ने समेत बताइन् ।
पार्टी कार्यालय निर्माणको विषयलाई लिएर सार्वजनिक रूपमा टिप्पणी गरेपछि पार्टीबाट ६ महिनाका लागि निलम्बनमा परेका उनीहरूको बुधबार मात्रै निलम्बन फुकुवा गरिएको थियो ।
