• Tuesday 27th of October 2026

चितवनवासीलाई रवि पत्नीको आग्रह: अन्यायविरुद्ध लड्ने पालो तपाईंहरूको


  • धनकुटा खबर
  • .

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पत्नी निकिता पौडेलले रवि लामिछानेमाथि भएको अन्यायमाथि आवाज उठाउन आग्रह गरेकी छिन्।

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले लामिछानेमाथि चरम अन्याय भएको र त्यस विरुद्ध आवाज उठाउन आग्रह गरेकी हुन्।

उनले लेखेकी छिन्, ‘मेरो श्रीमान् भन्नुहुन्छ,’चितवनमा देवता र देवताजस्ता मान्छे बस्छन्।’ देवभूमि चितवनबाट म आफ्नो श्रीमानको न्यायका लागि भोलि हस्ताक्षर अभियानमा सहभागी हुँदै छु। कुनै समय थियो- जस्तो दुःख, आपत्, अन्यायमा परे पनि देशका कुना-काप्चादेखि विदेशबाट समेत तपाईँहरू रवि लामिछानेलाई सम्झनुहुन्थ्यो। उहाँले पनि सक्दो गर्नुभएकै हो। आज स्वयं रवि लामिछानेमाथि चरम अन्याय भएको छ। त्यस विरुद्ध आवाज उठाउने पालो अब चाहिँ तपाईँहरूको।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖