• Tuesday 27th of October 2026

भ्रष्टाचार मुद्दा लागेका कांग्रेस नेता मोहन बस्नेत विशेष अदालतमा उपस्थित्, बयान सकिएपछि थुनछेक बहस


  • धनकुटा खबर
  • .

काठमाडौं, १५ असार । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेत विशेष अदालतमा उपस्थित् भएका छन् ।

अख्तियारले बस्नेतविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । बस्नेत आँफैले अदालतमा उपस्थित् हुने निवेदन दिएका थिए ।

बस्नेतविरुद्ध नेपाल दूरसञ्चार प्राधिकरणको टेरामस्क प्रविधि खरिदमा भ्रष्टाचार गरेको भन्दै मुद्दा परेको हो । बस्नेतको बयान विशेष अदालतका न्यायाधीशहरु तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलास (२) मा जारी छ ।

उनको बयान सकिएपछि आजै थुनछेक बहस हुने भनिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖