• Tuesday 27th of October 2026

पर्यटन राज्यमन्त्रीले भोलि राजिनामा दिने


  • धनकुटा खबर
  • .

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरूणकुमार चौधरीले शनिबार (भोलि) राजीनामा दिने भएका छन् ।

पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी भन्छिन- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीले भोलि राजीनामा दिनुहुन्छ। भोलि पार्टीको बैठक छ। बैठकले निर्णय गर्छ, लगत्तै उहाँले राजीनामा दिनुहुन्छ।’

सुदूरपश्चिम प्रदेश सरकारमा पार्टीका तर्फबाट उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रहेका रामेश्वर चौधरीलाई मुख्यमन्त्री कमलबहादुर शाहले बर्खास्त गरेपछि नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सङ्घ र प्रदेश दुबैतिर प्रतिपक्षमा बस्ने निर्णय गरिसकेको छ। यससँगै सङ्घीय सरकारमा रहेका मन्त्री चौधरीले भोलि राजीनामा दिने भएका हुन्।

नाउपाले शुक्रबार (आज) मात्रै सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ। यस्तै लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन पनि शनिबार (भोलि) नै फिर्ता लिने नाउपाले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖