काठमाडौँ । नेकपा एमालेको नवौँ केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी ओलीले समापन मन्तव्य राखिरहेका छन् ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी बैठकमा केन्द्रीय सदस्यहरूले बोल्ने क्रम सकिएपछि अध्यक्ष ओलीले समापन मन्तव्य राख्न थालेका हुन् । बैठकमा अध्यक्षले समापन मन्तव्य राख्न सुरु गर्नुभन्दा पहिला स्थायी कमिटी सदस्य कर्ण थापाले बोल्न समय मागे । तर उनलाई अध्यक्षले बस्न निर्देशन दिए ।
थापाले ‘नोटअफ डिसन्ट’ राख्न खोजेको भन्दै उठेपछि अध्यक्ष ओलीले निर्णय नै नसुनाई के को ‘नोटअफ डिसन्ट’ भन्दै बस्न निर्देशन दिएका हुन् ।
राख्छु भनेपछि ओलीले भने, ‘के को नोटअफ डिसेन्ट बस्नुस ।’
