निर्मला पन्तको हत्या भएको ७ वर्ष पूरा भएको छ । २०७५ साल साउन १० गते साथीको घरमा पढ्न जान्छु भनेर निस्केकी निर्मला भोलिपल्ट भीमदत्त नगरपालिकाकै निम्बुखेडा खोला किनारको उखुबारीमा मृत भेटिएकी थिइन् । हत्यारा अहिलेसम्म पत्ता लाग्न सकेको छैन।