• Tuesday 27th of October 2026

विप्लव नेकपाको गुल्मी–काठमाडौँ सम्पर्क मञ्च माओवादी केन्द्रमा समाहित


  • धनकुटा खबर
  • .

काठमाडौँ । विप्लव नेकपाको गुल्मी–काठमाडौँ सम्पर्क मञ्च माओवादी केन्द्रमा समाहित भएको छ। नेकपा (विप्लव) निकट सङ्गठन नेकपा माओवादी केन्द्रको गुल्मी काठमाडौँ सम्पर्क मञ्चको पाँचौँ अधिवेशनको अवसरमा माओवादी केन्द्रमा समाहित भएको हो ।

उनीहरूलाई नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्गठनमा समाहित भएका नेता कार्यकर्तालाई माओवादी केन्द्रमा स्वागत गरेका छन् ।

नेकपा (विप्लव) को सम्पर्क समिति सहित विभिन्न अन्य राजनीतिक दल परित्याग गरेर पनि धेरै नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरे ।

माओवादी केन्द्रमा समाहित हुने नेता कार्यकर्ताहरूमा वासुदेव पौडेल, अनिषा पन्थी, जीवन भण्डारी, चिराग पौडेल, केशवराज न्यौरे, कुशल ढकाल, सुरज पाण्डे, अर्जुन क्षेत्री, रामकृष्ण ढकाल, युवराज अर्याल, देवी प्रसाद न्यौपाने, सागर भण्डारी, सन्देश न्यौपाने, सुवास सापकोटा लगायत रहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖