• Monday 5th of October 2026

फराह खानका कुक दिलीपको नाममा ठगी


  • धनकुटा खबर
  • .

मुम्बई, १९ साउन । फिल्म निर्देशक, निर्माता र प्रसिद्ध कोरियोग्राफर फराह खानसँगै उनका कुक दिलीपको पनि धेरै चर्चामा रहने गरेका छन् ।
 
कोरियोग्राफरले सन् २०२४ मा आफ्नो कुक दिलीपसँग कुकिंग भ्लग सुरु गरेका थिइन्, जुन केही समयमै दर्शकमाझ निकै लोकप्रिय भयो। अहिले दिलीपलाई नचिन्ने सायदै होलान्। यसै क्रममा हालै फराहको कुक दिलिपसँग ठगी भएको थियो, जसका कारण कोरियोग्राफर आक्रोशित भएका थिइन ।
 
वास्तवमा, हालै फराह खानले आफ्नो इन्स्टाग्राम स्टोरीमार्फत आफ्ना फ्यानहरूलाई धोखाधडीको बारेमा बताएकी हुन् । उनले दिलीपको नाममा बनाइएको फेक सोसल मिडिया अकाउन्टको स्क्रिनसट सेयर गरेकी छिन्ण् । फराहले स्टोरीमा लेखेकी छिन्, ‘यो फेक अकाउन्ट हो र हामी यसको विरुद्ध कानुनी कारबाही गरिरहेका छौं।’
 
उनले त्यो फेक अकाउन्टलाई ट्याग गर्दै नहटाएमा नराम्रो हुने चेतावनी समेत दिएका छन् । यस फेक अकाउन्टमा ५० हजारभन्दा बढी फलोअर्स र २४४ पोष्ट रहेका छन, आफूलाई ब्लगर भन्दै प्रोफाइलमा फराह खानको नाम पनि जोडिएको थियो । हाल उक्त अकाउन्टको नाम परिवर्तन गरी “एवान भ्लगर” राखिएको छ र सबै पोस्ट हटाइएका छन् तर यसअघि यो खाताले धेरैलाई मूर्ख बनाएको थियो।
 
फराह खानले भर्खरै आफ्नो भ्लग च्यानल मार्फत बताइन् कि उनले १२–१३ वर्ष पहिले दिलीपलाई भेटेकी हुन्, जब उनी अजय देवगनको घर बाहिर उपस्थित भएका थिए। यससँगै उनी अहिले भ्लगिङको दुनियाँमा पनि हिट भएका छन् । फराह खानको भ्लगहरूमा दिलीपको उपस्थितिले उनलाई सामाजिक सञ्जाल हिरो बनाएको छ।

 

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖