• Monday 26th of October 2026

मैले हिजो पनि भनेकी हुँ र आज पनि भन्छु, मेरो श्रीमानको जीवन सुरक्षित छैन :निकिता


  • धनकुटा खबर
  • .

काठमाडौ । रवि लामिछानेकी पत्नी निकिता पौडेलले आज उच्च अदालत बुटवलमा गएर न्यायका लागि ढोका ढक्ढक्याएको बताएकी छिन्। उनले सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै श्रीमान रवि लामिछानेको जीवन सुरक्षित नभएको पुनः दोहोर्याएकी छन्।

उनका अनुसार भैरहवा कारागारमा लामिछानेलाई राखिएको अवस्था र सरकारले उनलाई सार्न आनाकानी गरेको नियत आफैं स्पष्ट भएको छ। उनले प्रधानमन्त्रीदेखि महामन्त्रीसम्मले संसद्को रोष्ट्रमबाटै बन्दीलाई ध’म्क्याएको भन्दै सत्ता र शक्तिको चरम दुरुपयोग भएको आरोप लगाएकी छिन् ।

पौडेलले भनिन्, “न्याय पाइयोस् कि नपाइयोस्, म संविधान र कानुनले अनुमति दिएका देशभित्र र बाहिरका न्यायका हरेक ढोका ढक्ढक्याउने छु।”

उनले बिगो तोक्न र त्यसको बराबरको बैँक जमानत लिएर लामिछानेलाई जेलबाहिरबाट मुद्दा लड्न दिन आग्रह समेत गरेकी छिन्।

निकिताले संजालमा लेखेकि छिन् –

आज मैले उच्च अदालत, बुटवलको ढोका पनि ढक्ढक्याएँ ।

मेरो श्रीमान भन्नुहुन्छ, “यो देशमा शक्ति पृथकीकरण समाप्त भएको धेरै भइसक्यो, एउटै रावणका फरक टाउका गन्न छाडिदेउ ।” तर, श्रीमतीका रुपमा मेरो पनि जिद्दी छ, न्याय पाइयोस कि नपाइयोस, म संविधान र कानुनले अनुमति दिएका देशभित्र र बाहिरका न्यायका हरेक ढोका ढक्ढक्याउने छु ।

मैले हिजो पनि भनेकी हुँ र आज पनि भन्छु, मेरो श्रीमानको जीवन सुरक्षित छैन । भैरहवा कारागारमा उहाँलाइ कसरी राखिएको थियो, अब मैले केही भनिरहन पर्दैन ।

यिनिहरुले किन जेल सार्न मानिरहेका थिएनन्, यिनिहरुको नियत के थियो, त्यो पनि बताइरहन पर्दैन । आफैले झुटा मुद्दा लगाएर, सत्ता र शक्तिको चरम दुरुपयोग गरेर जेलमा थुनेको एउटा बन्दीलाई प्रधानमन्त्रीदेखि महामन्त्रीसम्मले संसद्को रोष्ट्रमबाट किन धम्क्याइरहेका होलान्, त्यो पनि अब मैले भनिरहन पर्दैन ।

बिगो तोकिदेउ र त्यो बराबरको बैँक जमानत लिएर जेलबाहिरबाट मुद्दा लड्न देउ, मेरो आग्रह यत्ति हो ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖