• Monday 26th of October 2026

एमाले पर्यटनमा पहिरो, उपाध्यक्षसहित १७ जनाले छाडे एमाले


  • धनकुटा खबर
  • .

काठमाडौं, भदौ ९ । नेपाल राष्ट्रिय पर्यटन व्यवसाय संगठनभित्र उत्पन्न आन्तरिक विवादका कारण उपाध्यक्ष ङावा ङिमा शेर्पासहित शेर्पा समुदायका ११ जना पदाधिकारीहरूले सामूहिक राजीनामा दिएका छन्।

शेर्पाले सोमबार अध्यक्ष राजेन्द्र प्रसाद सापकोटा समक्ष पेश गरेको पत्रमार्फत व्यक्तिगत तथा सामूहिक राजीनामाको घोषणा गरेका हुन्। उनले एमाले संगठनमा देखिएको गुटगत राजनीति, समन्वयको अभाव र विशेष गरी शेर्पा समुदायप्रति देखाइएको असंवेदनशील अभिव्यक्तिप्रति आपत्ति जनाउँदै संगठन छाडेको उल्लेख गरेका छन्।

हालै सम्पन्न नेपाल पर्वतारोहण संघ (NMA) को निर्वाचनमा सक्रिय सहभागिता जनाएबापत आफूलाई संगठनले दुई वर्षका लागि निष्कासन गर्ने निर्णय गरेको जानकारी प्राप्त भएको भन्दै शेर्पाले सो निर्णयलाई अनुचित भएको बताएका छन् ।

शेर्पाले भनेका छन्, “हामी संगठनप्रति कुनै द्वेष नराखी, आजदेखि व्यक्तिगत तथा सामूहिक रूपमा संगठनबाट अलग भएको घोषणा गर्दछौं। शेर्पा समुदायका प्रतिनिधिहरू अब नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनद्वारा आयोजना गरिने कुनै पनि कार्यक्रममा सहभागी हुने छैनन्।”

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖