• Monday 26th of October 2026

भण्डारी एमालेको अध्यक्षमा चुनाव लडे एकदमै नराम्ररी हार्ने प्रधानमन्त्री ओलीको ठोकुवा


  • धनकुटा खबर
  • .

काठमाडौं, १२ भदौ । प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको अध्यक्षमा चुनाव लड्ने नराम्रोसँग हार्ने दाबी गरेका छन् । विधान महाधिवेशनको लागि काठमाडौंबाट प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधिहरुसँगको भेटमा प्रधानमन्त्री ओलीले यस्तो दाबी गरेका हुन् ।

उनले विद्या भण्डारी एमालेको अध्यक्षमा चुनाव लडे हराउनुपर्ने पनि बताएका छन् । भण्डारीबाट पार्टी र आन्दोलन दुवै चल्न नसक्ने पनि ओलीको ठोकुवा छ । उनले अहिले विद्या भण्डारी एमालेको सदस्य नभएको कारण स्पष्टीकरण सोध्न नपरेको पनि उल्लेख गरेका छन् ।

विद्या भण्डारीलाई एमालेको ११औं महाधिवेशनमा अध्यक्षको उम्मेद्वार बनाउने गल्ती गर्न नहुनेपनि ओलीको टिप्पणी छ ।उनले भने,‘उहाँको सम्मानको लागि हामी सबैले उहाँलाई फर्किएर आएर उम्मेद्वार बनाउने गल्ती नगरौं । उहाँ आएर महाधिवेशनमा ल जित्नुभयो भने त बहुत राम्रो, तर जित्ने स्थिति छ ? हुन्छ जित्ने स्थिति ? अनि उहाँ आएर चुनाव हार्ने अनि भीम रावलको तरिकाले, चुनाव हार्ने अनि असन्तुष्ट हुने, खिस्याई बिल्ली, खम्ब नोचे भनेजस्तो, खाँबो चिथोर्ने, अनि पार्टीले स्पष्टीकरण सोध्नुपर्ने हुन्छ ।’

उनले विद्या भण्डारी एमालेको अध्यक्ष पदमा मात्रै नभएर केन्द्रीय कमिटीमा पनि हार्नसक्ने आँकलन सुनाए। उनले भण्डारीलाई कुनैपनि हालतमा अध्यक्ष दिन नसकिने जिकिर गरे । उनले थपे,‘उहाँ चुनाव लड्नुभयो भने एकदम निश्चित कुरा के हो भने उहाँ हार्नुहुन्छ । नराम्ररी हार्नुहुन्छ । उहाँ हार्नुपर्छ पार्टी र आन्दोलनको हितको लागि ।किनकी उहाँबाट चल्न सक्दैन । यो त संघर्षको मैदान हो । आँखामा हाल्दा नबिझाउने लालगेडी भएर आन्दोलन चल्दैन ।’

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖