सोविता गौतम भन्छिन् –
२०६२/६३ को १९ दिन लामो जनआन्दोलनमा जम्मा १९ जना शहीद भए। तर आज, “लोकतान्त्रिक” भनिने सरकारले, १ दिनको आन्दोलनमै १४ जना युवामाथि गोली चलायो।
यी सडकमा उत्रिएका युवा कुनै दलका एजेन्डाबाहक थिएनन्, कुनै स्वार्थका लागि आएका थिएनन्। उनीहरूको माग स्पष्ट थियो, genuine थियो, न्यायपूर्ण थियो। तर सरकारको जवाफ गोली भयो।
संसारभरि नागरिकले genuine cause का लागि आन्दोलन गर्छन्, आवाज उठाउँछन्। तर कतै पनि लोकतन्त्रको नाममा आफ्नै जनतालाई यसरी हत्या गरिएको छैन।
आज नेपालमा हत्या गर्ने सरकार जन्मिएको छ।
यो सरकार लोकतान्त्रिक होइन, यो त जनताको रगतमा खेल्ने “हत्यारा सरकार” हो।
हत्यारा सरकारले कलिला युवालाई मार्यो ।
