नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको आकस्मिक बैठक बोलाएका छन् ।
आजको घटनाका विषयमा छलफल गर्न सभापति देउवाले साँझ ५ बजे आकस्मिक बैठक बोलाएका हुन् ।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारी अनुसार, बैठक सभापति देउवाको निवास बूढानीलकण्ठमा बस्ने छ ।
पदाधिकारी र पूर्वपदाधिकारीहरू उपस्थित हुनेक्रम जारी रहेको उनले जानकारी दिए ।
