काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले ‘जेनजी’ पुस्ताको आन्दोलनमा सरकारले गरेको दमनको कडा विरोध गरेका छन्।
उनले सामाजिक सञ्जालमा लेख्दै सरकारले हत्याकाण्ड मच्चाएको भन्दै प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिनु पर्याप्त नभई नरसंहारको मुद्दामा उनीहरूलाई पक्राउ गरी जेल पठाउनुपर्ने बताएका हुन्।
सांसद शाहीले सामाजिक सञ्जालमा लेखेका छन्, “यो राजीनामा माग्ने समय होइन। नरसंहार गरेर हत्याकाण्ड चलाएको मुद्दामा हत्कडी हालेर पक्राउ गर्दै जेल चलान गर्ने हो।”
आज काठमाडौँको माइतीघर मण्डला र बानेश्वरसहित देशभरका प्रमुख सहरहरूमा भ्रष्टाचारविरुद्ध युवाहरूको प्रदर्शन भएको थियो। प्रदर्शनकारीहरूले सरकारको कार्यशैलीको विरोध गर्दै नाराबाजी गरेका थिए।
केही स्थानमा प्रदर्शन नियन्त्रण बाहिर जाँदा प्रहरीसँग झडप भएको र स्थिति तनावपूर्ण बनेको थियो। -रातोपाटीबाट
