काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी प्रदर्शनमा घुसपैठ गरेर हिंसात्मक घटना हुन पुगेको ब्रिफिङ गरेका छन् ।
सोमबार साँझ बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री ओलीले जेनजीले आन्दोलन गर्न पाउने भन्दै उनीहरूको शान्तिपूर्ण आन्दोलनमा ठुलै घुसपैठ भएको बताएको एक मन्त्रिले जानकारी दिए ।
उनका अनुसार जेनजीको आन्दोलनमा घन, कैँचीजस्ता हतियार समेत लगेको भन्दै त्यस्ता हतियार जेनजीले नलगी अन्य तत्त्वहरूले लगेको बताएका थिए ।
त्यसक्रममा प्रधानमन्त्रीले जेनजीपुस्तालाई कतिपयले प्रयोग र दुरुपयोग गरेको समेत बताएका छन् । जेनजी प्रदर्शनमा हालसम्म १९ जनाको मृत्यु भएको बताइएको छ ।
