• Saturday 24th of October 2026

देउवा निवासमा भेटिएको भनिएको पैसाबारे कांग्रेस सभापतिहरूको प्रश्न


  • धनकुटा खबर
  • .

काठमाडौ । कांग्रेस केन्द्रीय कार्यालयको भर्चुअल बैठकमा आधा दर्जन जिल्ला सभापतिहरुले शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा ‘बिटाका बिटा पैसा भेटिएको’ भन्ने चर्चाबारे प्रष्टता माग गरेका छन्।

पाल्पा सभापति हिमाल श्रेष्ठ र इलाम सभापति डम्बर खड्कासहित नेताहरूले सत्यता के हो भनेर सोधेका थिए।

जवाफमा महामन्त्री विश्वप्रकाश शर्माले यो विषय सामाजिक सञ्जालमा हल्ला भएको तर आधिकारिक पुष्टि नभएको बताए। उनले स्रोत नखुलेको सम्पत्ति भेटिए राज्यले अनुसन्धान गर्नुपर्ने धारणा राखे।

बैठकमा सहभागी अधिकांश जिल्ला सभापतिहरुले पार्टीलाई नयाँ पुस्ताको भावना अनुसार रूपान्तरण गर्नुपर्ने सुझावसमेत दिएका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖