• Thursday 22nd of October 2026

पार्टी नेतृत्व सहित सम्पूर्ण संरचनामा रुपान्तरण आवश्यक :तोसिमा कार्की


  • धनकुटा खबर
  • .

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र नेतृत्व रुपान्तरणको बहस सुरु भएको छ। पार्टीकी केन्द्रीय सदस्य तोसिमा कार्कीले पार्टीको नेतृत्वसहित सिद्धान्त, नीति, कार्यक्रमलगायत सम्पूर्ण संरचनाको पुनरावलोकन र पुनरसंरचना गर्नुपर्ने माग गर्दै विज्ञप्ति जारी गरेकी छन्।

उनले रास्वपाको अर्थपूर्ण रुपान्तरणका लागि तत्काल प्रक्रिया सुरु गर्नुपर्नेमा जोड दिँदै भनिन्, “देशको वर्तमान र भविष्यलाई साँच्चिकै नेतृत्व गर्नसक्ने राजनीतिक शक्ति निर्माण गर्नु आजको अपरिहार्य आवश्यक हो।”

कार्कीका अनुसार, नयाँ नेपाल निर्माण गर्ने यात्रामा रास्वपालाई जनताबाट सुशासनको म्याण्डेटसहित अघि बढाउने मुख्य शक्ति बनाउन अब पुरानो अवस्थालाई चिर्ने समय आएको छ। उनले सहकारी ठगी प्रकरण, नेतृत्वप्रतिको प्रश्न र जनअपेक्षालाई आत्मसात् गर्दै पार्टीमा मध्यममार्गी राजनीतिक शक्ति निर्माण गर्नुपर्नेमा जोड दिइन्।

हाल रास्वपा सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा कारागारमा रहेका छन्। यसबीच, जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारले देशलाई निर्वाचनतर्फ डोर्याइरहेका बेला ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेभित्र समेत नेतृत्व परिवर्तनबारे बहस सुरु भएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖