• Thursday 22nd of October 2026

‘गगन दाईलाई तपाईँहरूले के-के गर्नुछ गर्नुस्, अब बुढाहरू आउनुभएन भनेको छु’:सुदन गुरुङ


  • धनकुटा खबर
  • .

काठमाडौं । हामी नेपालका संस्थापक सुदन गुरुङले आफू हिजो राष्ट्रपति भवन शीतलनिवासमा कुनै सेलिब्रेट गर्न नगएको प्रष्टीकरण दिएका छन् । संविधान दिवसको अवसरमा शीतलनिवासमा जेनजीको नेतृत्व गरिरहेका गुरुङ सहभागी भएको भन्दै विभिन्न टीकाटिप्पणी भइरहेको छ।

त्यसबारे भिडिओ सन्देश जारी गर्दै उनले भनेका छन्, ‘राष्ट्रपति निवासमा किन गयो भनेर प्रश्न गरिराख्नुभएको छ। हामीले के सही के गलत छुट्याउन सक्नुपर्छ। म हिजो त्यहाँ कुनै सेलिब्रेट गर्न गएको होइन। मलाई कुनै सेलिब्रेट गर्नु पनि छैन। मैले सुरुमा जाँदिन नै भनेको हो पछि नेताहरू सबै आउने भनेपछि यिनीहरू सिर उचालेर हिँड्छ भनेर गएको हुँ, म त्यहाँ एउटा नेतासँग पनि बस्दा पनि बसिनँ।’

उनले शीतलनिवासमा नेताहरू शीर उठाएर नहिँडुन् भनेर आफू गएको जिकिर गरेका छन्।

उनले थपेका छन्, ‘एउटै लेभलको कुर्सीमा बस्दा पनि बसिनँ। म उभिएरै बसेँ। पानीमा रुझेर बसेको हुँ यिनीहरूसँग बस्दा पनि बसिनँ। चिया पानी पनि केही खाइनँ। मलाई यिनीहरूको केही खानु पनि छैन। नेताहरू शीर उठाएर नहिँडोस् भनेर म त्यहाँ गएको हो।’

उनले कांग्रेस महामन्त्री गगन थापालाई पनि भेटेर ‘तपाईँ केके गर्नुछ गर्नु, अब बुढाहरू आउनुभएन’ भनेको बताएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖