काठमाडौ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले डा. महावीर पुनलाई मन्त्री बन्न प्रस्ताव गरेकी छन् । कार्कीले महावीर पुनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बन्न प्रस्ताव गरेकी हुन् । पुन हाल राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक छन् ।