• Thursday 22nd of October 2026

शक्तिशाली बन्न केपी शर्मा ओलीले लगेका ३ वटा विभागहरु फिर्ता गर्ने प्रधानमन्त्री सुशीला कार्कीको बोल्ड डिसिजन


  • धनकुटा खबर
  • .

प्रधानमन्त्री रहदा केपी शर्मा ओलीले आफू शक्तिशाली भन्न लगेका ३ वटा शक्तिशाली विभागहरु फिर्ता गर्ने प्रधानमन्त्री सुशीला कार्कीले बोल्ड डिसिजन गरेकी छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहत राखिएका राजस्व अनुसन्धान, सम्पत्ति शुद्धीकरण अनुसन्धान र राष्ट्रिय अनुसन्धान (गुप्तचर) विभाग फिर्ता हुने भएका छन्।

मन्त्रिपरिषद्को आइतबार बस्ने बैठकले राजस्व अनुसन्धान, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग पुनः अर्थ मन्त्रालय मातहत ल्याइने र राष्ट्रिय अनुसन्धान विभाग गृह मन्त्रालयमै फर्काइने तयारी रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतले जानकारी दियो।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले शक्तिशाली मानिएका ती निकाय २०७५ फागुन १६ गते प्रधानमन्त्री कार्यालय मातहत लगेका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖